नगर शिक्षा समितिले भद्रपुरको एमरल्डमा अनुगमन गर्यो

भद्रपुर । भद्रपुर नगर क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमती दिने तयारीमा रहेको नगर शिक्षा समितिले विद्यालयको भौतिक पूर्वाधार तथा रोग संक्रमण नियन्त्रणका लागि गरिएकोे तयारी बारे अनुगमनको क्रममा भद्रपुर ७ स्थित एमरल्ड एकाडमीको निरीक्षण गरिएको छ ।

नगर शिक्षा समितिका अध्यक्ष तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको नेतृत्वमा तत्काल विद्यालय सञ्चालन गर्न आवश्यक पुर्वाधार तयारी पूरा गरे नगरेको स्थलगत अनुगमका तथा निरीक्षण गरिएको हो ।

अनुगमनका क्रममा कोरोना रोगको भाइरस सर्न नदिने वातावरण निर्माण अन्र्तगत तयारी गरिएको निशेचीकरण उपकरण जडान, त्यसबाट उत्पन्न हुन सक्ने लाभ हानी, प्रयोग गरिने रसायन लगायतको बारेमा प्राविधिक पक्षबाट छलफल समेत गरिएको थियो ।

विद्यालयका संस्थापक निर्देशक प्रा. डा. पृथ्वीविक्रम राईले विद्यालय प्रवेश द्वारमा बनाइएको संक्रामक किटाणु नास गर्ने निशेचीकरण स्थल, हात धुने स्थान लगायत कक्षा सञ्चालन स्थल समेत रोग संक्रमण जोखिम मुक्त बनाइएको जानकारी दिँदै देखाएका थिए ।

अनुगमन पश्चात नगर प्रमुख श्रेष्ठले कक्षा कोठामा विद्यार्थी तथा शिक्षक शिक्षिका समेतलाई कोरोना त्रास कम गर्दै उच्च सर्तकता अपनाउन सुझाव दिएका थिए । साथै प्रमुख श्रेष्ठले विद्यालय सुचारू गर्दै जाँदा पूर्वाधार उचित रहेको भन्दै निशेचीकरण उपकरणमा सुधार गरेर जानु पर्ने, सवारी साधन निशेचीकरणमा ध्यान पुर्याउन सुल्झाएका थिए ।