क्रिकेटर कुन्दनसिंह बचाउन सहयोगको अपील

भद्रपुर । राष्ट्रिय क्रिकेटर कुन्दनसिंह राजपुतका दुवै मृगौलाले काम गर्न छाडेपछि उनलाई बचाउन आर्थिक सहयोग जुटाउन देश व्यापी अभियान सुरू गरिएको छ ।

महोत्तरीका स्थायी बासिन्दा राजपुतको उपचार गर्न आर्थिक समस्या उत्पन्न भएपछि देशभरका खेल प्रेमी शुभचिन्तक दाता महानुभावहरूबाट आर्थिक सहयोग संकलन थालिएको हो ।

क्रिकेट अभियन्ता कार्कीले कुन्दनसिंह बचाउ अभियान गरिरहेका छन् । अभियन्ता कार्कीका अनुसार राजपुतलाई सहयोग गर्न चाहने व्यक्तिले उनीसित सोझै सम्पर्क गरेर अथवा बैंक या ई सेवाको माध्यमबाट सहयोग गर्न सकिने छ । यसका लागि राजपुतको मोवाइल नं ९८८१३३३४६७ वा ई सेवा आइडी नम्बर ९८०६७७७२६० मा सम्पर्क गरी सहयोग दिन सकिने अभियान्ता कार्कीले बताएका छन् ।

यसै बीच भद्रपुर १० स्थित आदर्श क्रिकेट एकाडेमीले क्रिकेटर कुन्दनसिंह बचाउन सहयोग गर्न सवैसित अनुरोध गरेको छ । एकाडेमीका अध्यक्ष तथा झापा जिल्ला क्रिकेट संघका सदस्य तुलसी कार्कीले देशभर रहेका सवै एकाडेमीहरू तथा सहयोगी भावना भएका दातामहानुभावहरूमा सहयोग अभियान सफल बनाइ दिन अनुरोध गरेका छन् ।