लायन्स क्लबद्वारा शैक्षिक सामग्री वितरण

भद्रपुर । लायन्स क्लव अफ भद्रपुरले महेशपुर आधारभुत विद्यालय भद्रपुर ४ मा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र झोला वितरण गरेको छ ।

प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको निर्वाचन क्षेत्र विकास कार्यक्रम मार्फत प्राप्त रकमबाट विद्यालयका ६० जना विद्यार्थीलाई व्याग र ४ सय थान कापी वितरण गरिएको हो ।

लायन्स क्लवले विगतदेखि नै सामाजिक क्षेत्रमा सहयोगको कार्यक्रम गर्दै आएको छ । विपन्न विद्यार्थीहरुलाई सहयोग गरी पढाइ प्रति अभिरूचि बढाउन र प्रोत्साहित गर्न कार्यक्रम संचालन गरिएको हो । विपन्न आदिवासी तथा संथाल समुदायबाट धेरै विद्यार्थी अध्ययन गर्ने भएकाले सो विद्यालय छनौट गरी सामग्री वितरण गरिएको छ ।

प्रदेश सभा सदस्य ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यता, भद्रपुर नगरपालिकाका नगरप्रमुख जीवनकुमार श्रेष्ठको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष हंशधर राजवंशी, नगर शिक्षा शाखा प्रमुख प्रेमबहादुर भुजेल, विद्यालय संरक्षक रोहित राजवंशी, नेका क्षेत्रीय सभापती गणेश पोखरेल, लायन्स क्लव अफ भद्रपुरका इमिडियट पास्ट प्रेसिडेन्ट यामबहादुर श्रेष्ठ, पास्ट पे्रसिडेन्ट तथा क्लव डाइरेक्टर शिवकुमार गुप्ता, प्रदीपमणि रेग्मी, लायन लिडरहरू उत्तम राजवंशी, अनिता राजवंशी, पार्वती ओझा, उर्मिला गौतम, अनिता रिजाल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीह तथा अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।