ट्राफिक प्रहरी र सिटी सफारी चालकलाई ज्याकेट
दमक । गिरिजा प्रसाद कोईराला फाउण्डेसन (जिपी ) झापाले ट्राफिक प्रहरीसहित सिटी सफारी चालकहरुलाई ज्याकेट वितरण गरेको छ । ३८ औ विपी स्मृति दिवसको अवसर पारेर फाउण्डेसनले आज दमकमा एक कार्यक्रम गरि पहिचानमूलक सो ज्याकेट वितरण गरिएको फाउण्डेसनका झापा अध्यक्ष बुद्धि न्यौपानेले जानकारी दिए । फाउण्डेशनले एक सय थान ज्याकेट वितरण गरेको हो ।
कार्यक्रम नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व कृषि राज्यमन्त्री सरिता प्रसाईको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा वक्ताहरुले वीपीको विचार अहिले पनि सान्र्दभिक भएको औल्याएका थिए । वीपीको विचार पार्टी मात्र नभएर देशको समृद्धिका लागिनै प्रेरणादायी भएको उनीहरुको जोड थियो । कांग्रेस नेतृ प्रसाईले वीपी कोइराला कांग्रेसको मात्र नभएर देशको लागि नै महान विचारक भएकाले उनको मार्गमा देश लैजान आवश्यक भएको वताईन् । दुई ठुला देशहरुको वीचमा रहेको नेपालले दुवै देशसंगको सम्बन्धलाई मजबुत बनाउन नसकेको भन्दै सत्तारुढ नेकपाको सरकार पूरै असफल भएको उनको भनाई थियो । कार्यक्रममा पार्टीका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मासहित जिल्ला तथा स्थानीय नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।