पशुपतिका शिवजीलाई बाहिरबाटै नमस्कार

काठमाण्डौं । साउनको पहिलो सोमबार आज दर्शनार्थीका लागि पशुपति मन्दिर खुलेन। भक्तजनहरू पशुपति मन्दिर परिसर पुगेर बाहिरबाटै दर्शन गरेर फर्किएका थिए । कोरोनाभाइरस महामारीपछि धेरै भीडभाड हुने मन्दिर, विद्यालय लगायतमा सरकारले लकडाउन जारी नै राखेको छ । पशुपतिमा नियमित नित्य पूजा भइरहे पनि भक्तजनका लागि दर्शन गर्न भने खुला गरिएको छैन ।

साउने सोमबार शिवको आरधना गर्दै हिन्दु नारीहरू व्रत बस्छन्। व्रत बसेकाहरू सोमबार पशुपतिमा पूजा गर्न जाने चलन छ । अघिल्ला वर्षहरूमा साउने सोमबार पशुपतिमा भीडभाड लाग्ने गर्थ्यो ।