सताक्षीधाममा स्थापित गोलोक गोवर्धन गौसाला
दुधे । झापाको सताक्षीधाममा स्थापना भएको गोलोक गोवर्धन गौसाला नस्ल सुधारका लागि १ नम्बर प्रदसमा लोकप्रिय बनेको छ । गोलोक गोवर्धन गौशालामा गाईको नस्ल सुधार गरेर उन्नत जातका गीर, साहीबाल, हरियाणा र थारपारकर गाईका बाछा बाछी उत्पादन हुन थालेको गौशालाका संरक्षक नन्दकिशोर भारद्धाजले बताए ।
नस्ल सुधारका लागि गौशालाले नेपाल लगायत भारतका बिभिन्न ठाँउबाट वीउ गोरु ल्याएको छ ।.गौसालामा उत्पादन भएका उन्नत जातका वीउ गोरु नस्ल सुधारका लागि समुहलाई पनि दिने गरेको उनले बताएका छन् । गौशालाबाट झापा सहित धनकुटा, इलाम, मोरङ्ग, सुनसरी, संखुवासभा, उदयपुरका जिल्लामा स्थानीयले वीउ गोरु लगेर नस्ल सुधार गरिरहेको गौशालाले जनाएको छ । भेटनरी अस्पताल, कृषक र बन लगायतका समुहले निशुल्क वीउ गोरु गौशालाबाट लैजाने गरेका छन् ।
यो संख्या २ सय बढी रहेको गौशालाका व्यवस्थापक लिलाशरण सुबेदीले जानकारी दिए । नस्ल सुधार कार्यक्रम सुरु भएपछि जुरो भएका गाईको संख्या गौसालामा बढ्दै गएको छ । गौसालामा गीर, साहीबाल, हरियाणा र थारपारकरका उत्नत जातका गोरु नस्ल सुधारका लागि राखिएका छन् । स्थानीयले नस्ल सुधारका गौसालामा गाई लगे कुनै शुल्क नलाग्ने गौशालाले बताएको छ । गौशालाको मुख्य उद्धेश्य गाईको नस्ल सुधार गर्नु हो ।
गौशालाबाट सर्वसाधरण किसानले नस्ल सुधारको मात्र सुविधा पाएका छैनन्, खेत जोत्नका लागि गोरु पनि निशुल्क पाएका छन् । आर्थिक अवस्था कमजोर भएका स्थानीयले गौशालाबाट खेत जोत्नका लागि गोरु लैजाने गरेका छन् । घरमा पालेको गाई बुढो भएर दुध दिन र ब्याउन छाडेको भए गौशालमा ल्याएर अर्को दुधालु गाई किसानले पाउने छन् । नेपालमा कयौ गौशाला भएपनि थारा, बुढा र रोगी गाई ल्याएर कोरली, दुधालु र उन्नत जातको गाई लैजान पाउने गोलोक गोवर्धन गौशाला नेपालमा एक्लो र पहिलो हो । गौशालाले नस्ल सुधारको मात्र कार्यक्रम ल्याएको छैन । गोबर र गोमुत्रबाट उपयोगी बस्तुको पनि उत्पादन गर्न थालेको छ ।
बुढा र थारा गाईको संरक्षण गर्नुकासाथै बेरोजगारलाई रोजगार र जैबिक कृषि एवं पर्यावरण रक्षामा गौशालाले अहम् भूमिका खेल्न थालेको स्थानीयले बताएका छन् । गोबर र गोमुत्र द्वारा विभिन्न किसिमका मानव स्वास्थ तथा कृषिमा उपयोगी जैविक मल एवं किटनाशक औषधी उत्पादन समेत गौशालामा हुने गरेको छ । गाईको गहुंत प्रशोधन गरी मानव स्वास्थमा उपयोगी औषधी तथा रोग प्रतिरोधात्मक क्षमता भएको गौमत्र अर्क समेत गौसालमा उत्पादन हुने गरेको छ ु गोअर्कको व्यापार फस्टाएको बताउछन् स्थानीय बासिन्दा । नेपालका बिभिन्न ठाँउमा सताक्षीको गोअर्क विक्रि हुने गरेको छ । सर्बसाधरणले घरेलु औषधीको रुपमा गोअर्क प्रयोग गर्ने गरेका छन् ।
गौशालाबाट पंचगव्य घीऊ, गोमय दंत मंजन, गोबरद्वारा निर्मित धुप, हवन सामग्री समेत उत्पादन हुने गरेको छ । यहाँ उत्पादन भएका हरेक बस्तु रसायनमुक्त भएको संरक्षक नन्दकिशोरले बताए । उनका अनुसार पर्यावरणमा पवित्रता ल्याउने अगरवत्तीको धुवांले मानव स्वास्थमा पुर्याउने हानीलाई रोक्नका लागि गोमय धुपको उत्पादन भएको हो । झापाका बिभिन्न बजारमा सताक्षीधामको गौशालाबाट उत्पादित धुपको माग बढेको छ ।
गौशालाले भन्यो, ‘बजारमा माग बढेपछि गौशालामा उत्पादन पनि बढाउन थालिएको छ ।’ गोमुत्रबाट बनाएको गोनायल केमिकल मुक्त हरेक घरमा गोमुत्र गोनायल प्रयोग गरे घर स्वच्छ र पवित्र पनि हुने अध्यक्ष भारद्धाजले बताए।. ‘यसले फिनेलको काम गर्छ,’ उनले भने । गोबरबाटै बर्मीकम्पोष्ट जिबामृत झोल, गडेउले मल जस्ता जैबिक प्रांगरिक मल पनि गौशालाबाट उत्पादन हुने गरेको छ । मानिसको मृत्यु पछि दाह संस्कारमा समेत गाईको गोबरलाई मेसिनद्वारा निर्माण गरिएको दाउराको प्रयोग बढ्न थालेको छ । गौशालाले एउटा मानिसको मृत्यु पछि गरिने शवदहनका लागि एउटा वृक्षले मर्नुपर्र्ने बाध्यतालाई न्युनिकरण गर्न गोबरको दाउराको प्रयोग बढाएको हो ।