राजनीतिक र कूटनीतिक कमजोरी भइसक्यो, राजीनामा दिनुस्

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीचको भेटमा प्रचण्ड र नेपालले यस्तो सुझाव दिएका हुन् ।

सो भेटघाटमा केहीबेर महासचिव विष्णु पौडेल समेत सहभागी थिए । ’प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै नेताले राजीनामा दिन भन्नुभएको हो । प्रधानमन्त्रीले राजनीतिक,कूटनीतिक रूपमा एकपछि अर्को गल्ती गरेको भन्दै उहाँहरूले राजीनामा दिन सुझाव दिनुभएको हो । जवाफमा प्रधानमन्त्री ओलीले आफूले राजीनामा नदिने भन्दै सकेको कदम चाल्न चेतावनी दिनु भएको थियो ।’

तीन नेताको छलफल सकारात्मक नभए पनि शुक्रबारको स्थायी समिति बैठक बोलाउनका लागि भने सहमति भएको छ ।