अस्तव्यस्त यातायात कार्यालय : राजश्व तिर्न चाहनेले तिर्न पाएनन्

भद्रपुर । यातायात व्यवस्था कार्यालय विर्तामोडले कार्यालयको सेवा प्रवाहलाई व्यवस्थित गर्न नसक्दा अस्तव्यस्त बन्न पुग्दा कोरोना संक्रमण जोखिम बढेको छ ।

बन्दाबन्दी खुकुलो भएपछि असार पहिलो हप्ताबाट सेवा प्रवाह गर्न थालेको सो कार्यालयले अनलाइन मार्फत राजश्व संकलन नगर्दा कार्यालयमै राजश्व तिर्नु पर्ने बाध्यताले सेवाग्राहीको भीड लाग्न थाले पनि व्यवस्थापनमा उचित प्रबन्ध नहुँदा अस्तव्यस्त अवस्थाले कोरोना संक्रमण जोखिम बढाएको हो ।

असारको अन्तिम दिन बिहान ४ वजेदेखि लाइनमा बसेका सेवाग्राहीले समेत राजश्व तिर्न पाएनन् । कार्यालयले ४ सय सेवाग्राहीलाई सेवा दिने भन्दै टोकन वितरण गरेको भए पनि टोकन लिने भन्दा च्यानल मिलाउनेले बढी सेवा पाएको राजश्व तिर्न नपाएका सेवाग्राहीको गुनासो छ ।