विकासे कार्यालयमा क्लोजिङमा रक्सी सहित भोजभत्तेर
भद्रपुर । आर्थिक वर्षको अन्तिम दिन बिल भौचर मिलाएर मात्र नसकिएपछि सरकारी कार्यालयमा बजेट सिध्याउन मदिरा सहितको भोजभत्तेर गर्ने गरेको पाइएको छ ।
भद्रपुर स्थित सिञ्चाई डिभिजन कार्यालयमा बुधवार राति सुनिएको आवाजले त्यहाँ ठूलै भोजभत्तेरको आभाष दिइरहेको थियो । कार्यालयको माथिल्लो तलामा गीतसितै मान्छेले कराएको आवाज सुन्दा बाटामा हिड्ने बटुवा समेत एकचोटी उभिएर सुन्न बाध्य भएका थिए । कार्यालयको मूल गेटमा ताला लगाएर कर्मचारीहरूले मदिरा सहितको पार्टी गरेको संकेत होहल्लाले दिइरहेको थियो ।