नेपालमा आज थपिए ११६ संक्रमित

काठमाण्डौं । नेपालमा आज थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ११६ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा पाँच हजार ९० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २४ हजार २७ जना छन् । आइसोलेसन ६ हजार ११३ जनाको उपचार भइराखेको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ११ हजार २५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६९७ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो ।

मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका चार जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी चार जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली, पाल्पा र बाजुरा रहेका छन् ।