गाड्न नपाउँदै ढल्न थाले पोल

भद्रपुर । विद्युत वितरण केन्द्र, भद्रपुरको चरम लापरवाहीले बजारमा गाडिएका पोलहरु हप्तादिन नपुग्दै ढल्न थालेका छन् ।

भद्रपुर बजार प्रवेश गर्ने अस्पताल रोड दक्षिण त्रिभुवन चौक आसपास गएको आइतबार गाडेका २ वटा पोल राम्ररी नगाडेका कारण ढलेका हुन् । गएको महिना दिनयता भद्रपुर क्षेत्रका अधिकांश विस्तार भएका सडकहरुमा अग्ला पोल गाड्ने काम प्राधिकरणको भद्रपुर प्रसारण केन्द्रले गरेको भएपनि आवश्यक मात्रामा जमिन मुनी नभसाएका कारण वर्षातसितै ढल्न थालेपछि स्थानीयमा दुर्घटनाको चिन्ता थपिएको छ ।