नेपालमा कोरोनाका नयाँ संक्रमित ७० जना थएिप कोरोना संक्रमण बाट तीन जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ भने थप ७० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३८ पुगेको हो भने कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।
आज मृत्यु भएकाहरुमा काठमाडौं महानगरपालिका वडा नम्बर १० का वर्ष ६० पुरुष, त्यस्तै काठमाडौंकै गोकर्णेश्वर नगरपालिका ४ का वर्ष ५४ का पुरुष र अर्का एक जना सिन्धुपाल्चोका एक पुरुष रहेका छन् । उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ ।