’वान टू वान’ वार्ता सकियो
काठमाडौं । स्थायी समिति बैठक पुन स्थगित गरेर वार्तामा बसेका अध्यक्षद्वय उठेका छन् । उनीहरु मात्र बसेर भएको वार्ताको विवरण दिईएको छैन । बालुवाटारबाट निस्कँदै गरेका कार्यकारी अध्यक्ष प्रचण्डको मुहार केही उज्यालो देखिएको प्रत्यक्षदर्शीले बताएका छन् । तर प्रचण्डले अघिपछि जसरी सम्वाददातालाई कुनै प्रतिक्रिया भने दिएनन् । अध्यक्ष केपी शर्मा ओली निकट सूत्रका अनुसार, हिजो जे जे बिषयमा दुइ नेतावीच कुराकानी भएको थियो आज पनि उही नै दोहोरिएको छ । तर चर्किदै गएको विवाद साम्य पार्न कुनै न कुनै विकल्प निकाल्ने सहमति भएपछि प्रचण्ड केही प्रशन्न भएका छन् । तर के विकल्प निकाल्ने भन्ने बारेमा भने कुनै संकेत बुझिएको छैन ।
दुई अध्यक्षबीचको वार्ता बिहान ९ बजेपछि सुरु भएको थियो । यसअघि दुई अध्यक्षबीच सम्वादहिनताको अवस्था आएपनि आइतबारको बैठकले सहमति लागि छलफल जारी राख्ने सहमति गरेको थियो । यसका लागि नेकपाका दोस्रो तहका नेताहरु सक्रिए भएका थिए । नेकपा स्थायी समिति बैठकमा ओलीसँग प्रधानमन्त्री र अध्यक्ष पदबाट राजीनामा दिन माग गरिएको थियो । तर उनले दुबै पद नछाड्ने अडान दोहोर्याउँदै आएका छन् ।