काकडभिट्टा देखि दमकसम्मको राजमार्ग ४ लेनको हुने
दमक । पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको काकडभिट्टा देखि दमकसम्म आँउदो आर्थिक बर्षमा नै ४ लेनको हुने भएको छ । यो सडक विस्तारका लागि काकडभिट्टा देखि दमकको मावा खोलासम्म सडक विस्तारका लागि बजेट विनियोजन भएको प्रधानमन्त्री ओलीका नीजि सचिवालयका सदस्य होमबहादुर थापाले जनाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेर यस बिषयमा जानकारी दिएका हुन् । लामो समयदेखि पूर्व पश्चिम राजमार्ग विस्तारको कुरा उठेपनि हुन सकेको छैन । पूर्व–पश्चिम राजमार्गको काकडभिट्टादेखि बुटवलसम्मको करिब ६ सय किलोमिटरको राजमार्ग स्तरोन्नति र विस्तार गर्ने भनिएको लामो समय भएको छ ।