सप्तरङ्गी एफ.एम.मा विद्यालय शिक्षा कार्यक्रम

दमक । सप्तरङ्गी एफ.एम. ले बिद्यालय शिक्षा कार्यक्रम सुरु गरेको छ । ईलामको चुलाचुली गाउँपािलकासँगको सहकार्यमा एफ.एम.ले रेडियोमा स्कुल नामक शैक्षिक कार्यक्रम सुरु गरेको हो । कोरोना संक्रमण निण्यन्त्रणका लागी गरिएको लकडाउनका कारण बिद्यालय जान नपाएका बालबालिकाहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईले जानकारी दिए ।

आजबाट हरेक दिन बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एफ.एम.बाट बिद्यालयको कक्षा सञ्चालन सुरु भएको छ । कक्षा ८ देखि कक्षा १० सम्मका अंग्रेजी, बिज्ञान र सामाजिक बिषयको बिषय शिक्षक बाट कक्षा सन्चालन सुरु गरिएको एफ.एम.का प्रबन्ध निर्देशक भट्टराईले बताए ।

लकडाउनले पढाई रोकिएका बालबालिकाको शैक्षिक गतिबिधि अघि बढाउन बैकल्पिक शिक्षा अन्तर्गत रेडियोबाट कार्यक्रम सुरु गरिएको गाउँपालिकाको शिक्षा शाखा प्रमुख रामप्रसाद मिश्रले बताए । सबै विद्यार्थीहरुको पहुँचमा सर्वसुलभ र प्रभाबकारी माध्यम एफ.एम.नै भएकोले बिषय शिक्षकबाट अध्यापन गराउने गरी कार्यक्रम सञ्चालन गरिएको मिश्रले बताए । कार्यक्रम रेडियोमा स्कुल एफ.एम.का फ्रिक्वेन्सीका साथै फेसबुक पेज र अनलाईनबाट पनि एकसाथ प्रसारण हुने जनाईएको छ ।