नेपालमा आज थपिए ४७३ कोरोना संक्रमित
काठमाडौँ । नेपालमा थप ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ४७३ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा ३६४ जना पुरुष रहेका छन् भने १०९ जना महिला रहेक छन् । कुल कोरोना संक्रमितको सख्यां मध्ये १२ हजार ६३६ पुरुष रहेका छन् भने एक हजार ८८३ महिला रहेका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ३८ हजार १०९ जना रहेका छन् । आइसोलेसनमा भने १० हजार १३७ जनाको उपचार भइराखेको छ । देशभर हालसम्म दुई लाख ३७ हजार ७६४ जनाको पीसीआर परीक्षण गरिएको छ भने तीन लाख ६२० जनाको आरडीटी परीक्षण गरिएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म पाँच हजार ३२० पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या ६६४ रहेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ६३६, प्रदेश २ मा तीन हजार ९०९, बागमती प्रदेशमा ५०५, गण्डकी प्रदेशमा १ हजार ८४, प्रदेश ५ तीन हजार ८५३, कर्णाली प्रदेशमा एक हजार ५१२ र सुदूरपश्चिम प्रदेशमा तीन हजार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार म्याग्दीका ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो । मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।
देशभरका ७७ वटै जिल्लामा कोरोना भारसको संक्रमण फैलिएको छ । हालसम्म देशभरका २५ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ ।