झापामा आज एकजना संक्रमित थपिए
भद्रपुर । झापामा आज एकजना संक्रमित फेलापरेकाछन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । भारतको दिल्ली फर्किएर उनी स्थानीय क्वारेन्टिनमा बसेका थिए । उनलाई उपचारका लागि गोठगाउँ लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
झापामा बुधबार मात्र २० जनामा संक्रमण थपिका थिए । यो सँगै झापामा कूल कोरोना संक्रमित २ सय ५० जना पुगेका छन् ।