नेपालमा आज ४८२ कोरोना संक्रमित थपिए
काठमाडौँ । नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १४ हजार ४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ४८२ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।
कुल कोरोना संक्रमितको सख्यां मध्ये १२ हजार २७२ पुरुष रहेका छन् भने एक हजार ७७४ महिला रहेका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म चार हजार ६५६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १ हजार ६२ रहेको छ । ७७ वटै जिल्लामा फैलिएको कोरोना संक्रमणबाट नेपालमा हालसम्म ३० जना मृत्यु भएको मन्त्रालयले जनाएको छ ।