आज झापामा थपिए ५ जना संक्रमित

भद्रपुर । आज झापाका थप पाँच जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा दुई जना महिला र तीन जना पुरुष रहेका छन् । कन्काई नगरपालिकाका दुई महिला, दुई पुरुष गरि चार जना र मेचीनगर नगरपालिकाका एक जना पुरुष रहेको झापा जनस्वास्थ्य कार्यलयका फोकल पर्सन जीवन चौँलगाइले जानकारी दिए । कन्काइ नगरपालिका ३० देखि ३५ बर्ष उमेरसमुहका ४ जना कुवेत, ओमन र दुवइबाट आएका हुन भने मेचीनगरका संक्रमित भारतको हैदराबादबाट आएकाहुन् ।उनीहरु सबै विदेशबाट आएर स्थानीय क्वारेन्टिनमा बसेका थिए । संक्रमित महिला दुइलाइ उपचारका लागि धरान लगिएको छ भने पुरुषहरुलाइ गोठगाउँ लगिएको चौलागाईंले जनाएकाछन् ।

यो सँगै झापामा कुल संक्रमितको संख्या २२९ पुगेको छ र डिस्र्चाज हुनेको संख्या १७२ पुगेको छ ।