आज झापाका थपिए ११ जनामा कोरोना संक्रमित
भद्रपुर । आज झापाका ११ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित हुनेहरुमा मेचिनगर नगरपालिकाका १० र शिवसताक्षी नगरपालिकाका एक जना रहेका छन् । उनीहरु सवै पुरुष र ७ बर्ष देखि ६२ बर्ष उमेरका रहेका फोकल पर्सन जीवन चौलागाइंले बताए ।
मेचीनगर एक, ३, ७, १० र ११ नं.वडका १० जना मध्ये ९ जना राधास्वामी धर्मशालास्थित कोरेन्टाइनमा र एक जना भानु आदर्श माविको कोरेन्टाइनमा रहेका थिए । उनीहरु सवै भारतका बिभिन्न शहरबाट आएकाहुन् । संक्रमणको पुष्टि धरानस्थित बिपि मेमोरियल बिज्ञान प्रतिक्ष्ठानले गरको हो । संक्रमित मध्ये ७ बर्षिय बालकलाइ उपचारका लागि धरान र बाकीलाइ गोठगाउँ पठाइएको चौलागाइले बताए ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिकामा आज एक जना पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्थानीय झर्ना आधारभूतबिद्यालयको क्वारेन्टिनमा रहेका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । गत असार ८ गते भारतको चेन्नईबाट नेपाल आएका ४१ वर्षीय ती पुरुषको सोही दिन स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बिराटनगर पठाइएको थियो । ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टिनबाट उपचारका लागि आइसोलेसनमा लाने तयारी गरिएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या २१६ पुगेको छ ।