हल्दिवारीको गाउँसभामा आक्रमण अध्यक्षकै षड्यान्त्र भएको आरोप
भद्रपुर । झापाको हल्दिवारी गाउँपालिकाको गाउँ सभा चलिरहेको बेला केही अराज व्यक्तिहरूको समूहले आक्रमण गर्दा लाखौंको क्षति भएको छ ।
गाउँपालिकाको कार्यालयमा चलिरहेको गाउँ सभा विथोल्न आएका अराजक व्यक्तिको आक्रमणबाट झ्याल, ढोका, टेवलकुर्सी लगायत कार्यालयका भौतिक संरचना टुटफुट हुँदा लाखौं क्षति पुगेको हो ।
गाउँपालिकामा माग सहितको ज्ञापनपत्र बुझाउने बाहनामा आएका व्यक्तिहरूले एक्कासी ढुंगामुडा प्रहार गर्दा भौतिक संरचनामा क्षति पुगे पनि सभामा सहभागी जनप्रतिनिधि भने सकुसल रहेको जनाइएको छ ।
यता सभामा सहभागी एक जना प्रतिनिधिले नाम नछाप्ने शर्तमा दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्रमा ज्ञापनपत्र बुझाउने बाहनामा गाउँसभा बिथोल्न आक्रमण भएको हो । उनका अनुसार अध्यक्षले चलिरहेको सभा बिर्सजन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै आफ्नो कोठाको टेबुल समेत फुटाएर गाउँपालिकाबाट बाहिरिएका थिए ।
हल्दिवारीमा बहुमत कार्यपालिका सदस्य नेकपाका रहेका कारण अल्पमतमा रहेका गाउँपालिका अध्यक्षले आफ्नो पार्टीको नीति र लक्ष्य अनुसार काम गर्न नपाएको रीस पोख्न गाउँ सभा बिथोल्न लगाएको हुन सक्ने जनप्रतिनिधिहरू नै बताउँने गर्छन् । यस सभाका बेला पनि सभाहलमा सहभागी सवै जनप्रतिनिधि बीच कुनै मतभेद नदेखिएका बेला बाहिरबाट आक्रकण हुनु रहस्यमय मानिएको छ ।
यता गाउँपालिका अध्यक्ष रवीन्द्रकुमार लिङ्देनलाई पटक पटक सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।