झापामा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि
भद्रपुर । झापाको बिर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिका गरि ऋाठ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिर्तामोड वडा. नं. ५ का ३६ वर्षीय र ७ का ४६ वर्षीय पुरुष रहेका प्रदेश १ को जनस्वास्थ्य प्रयोगशालाले पुष्ठि गरेको हो । एक जना होम क्वारेन्टाइनमा रहेको र एक जना नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइन रहेको विर्तामोड नगरपालिकाले जनाएको छ । उनीहरु केही दिन अघि भारतबाट आएको बताइएको छ ।
यसैगरी बुद्दशान्ती गाउँपालिकामा आज थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुद्दशान्ती गाउँपालिका १ बुद्दआदर्श मावीको क्वारेन्टाइनमा रहेका छ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा कुबेत बाट आएका तीन जना महिला र भारत बाट आएका ३ जना पुरुष रहेको गाउँपालिकाका स्वास्थ शाखाका प्रमुख अधिकारिले जानएकाटन् । योसंगै झापामा संक्रमितको संख्या २०० पुगेको छ ।