झापामा भेटिए आज दुई जना संंक्रमित
भद्रपुर । झापामा आज बिहिार दुई जना संंक्रमित भेटिएका छन् । संक्रमित दुवैजना महिला रहेका फोकल पर्सन जीवन चौलागाइले बताएकाछन् । चौलार्गाले दिएको जानकारी अनुसार दुवै महिला हल्दिबारी गाउँपालिका वडा नं. १ र ४ निवासी हुन् । उनीहरु गत जेठ २९ गते दुवईबाट आएका हुन् ।
हल्दिबारी स्थित क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाव संकलन गरी परीक्षणका लागि बिराटनगर पठाइएकोमा दुवै जनाको पोजेटिभ देखिएकाले उपचारका लागि बिराटनगर पठाइएको चौंलागाइले बताए । योसंगै झापामा संक्रमितको संख्या एक सय ८१ पुगेको छ ।