आज देशभरमा थपिए ४५१ संक्रमित

काठमाडौं । देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणअनुसार सोमबार एकैदिन ४५१ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले यसबारेको जानकारी दिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६२११ पुगेको छ । त्यसैगरी निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १९ पुगेको छ । पछिल्लो पटक गुल्मीको रेसुंगा नगरपालिकास्थित आइसोलेसनमा उपचार गराइरहेका धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो । गौतमका अनुसार कोरोना संक्रमित भेटिएका जिल्लाको संख्या पनि ७३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोही पनि संक्रमितको मृत्यु भएको छैन ।

नेपालका ७७ जिल्ला मध्ये ७३ जिल्लामा कोरोना संक्रमित देखापरेको छ भने, मनाङ, मुस्ताङ्ग, रसुवा र ओखलढुङ्गा चार जिल्लामा सक्रमित छैनन् ।