स्मार्ट अस्पताल बनाउन मेची अस्पताललाई २३ करोड
बिराटनगर । मेची अस्पतालको स्तरोन्नतीको लागि प्रदेश सरकारले २३ करोड विनियोजन गरेको छ । आज नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा १ नंंम्बर प्रदेश सरकारका अर्थमन्त्री इन्द्र बहादर आङ्गबोले मेची अञ्चल अस्पतालको लागि बजेट व्यवस्था गरेको प्रदेशसभा सदस्य ओमप्रकाश सरावगीले जानकारी दिए । ०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री आङ्गबोले, प्रदेशका २५ शैयाका अस्पताललाई स्मार्ट अस्पतालको रुपमा अघि बढाइने बताए । यसैक्रममा मेची अस्पतालमा थप स्वास्थ्य सुविधाको व्यवस्था गर्न भेन्टिलेटरसहितको उपकरण थप गर्ने मन्त्री आङ्गवाले घोषणा गरेका सरावगीले बताए ।