झापामा आज बुधबार थप पाँच जना संक्रमित भेटिए

भद्रपुर । झापामा आज पाँच जनामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसंगै झापामा कोरोना संक्रमितको संख्या १५३ पुगेको छ । संक्रमित हुनेहरुमा कनकाई नगरपालिकाको कनकाई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । कनकाई नगरपालिकामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कनकाई नगरपालिका वडा नम्बर ३ र ५ का स्थानिय रहेको जनाइएको छ । उनीहरु १६, १७ र ३५ वर्षका पुरुष रहेकोे जनाइएको छ । तीनै जनाको कोशी अस्पतालमा गरिएको परिक्षणबाट कोरोना पुष्टि भएको हो । उनीहरु भारतबाट आएका हुन् ।

यसैगरी गौरादह नगरपालिकाकी २१ बर्षीया महिला एक र मेचीनगरका एक कोरोना संक्रमित थपिएका छन् । मेचीनगर–३ को बलभद्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको फोकल पर्सन जीवन चौलानाइले जनाएकाछन् ।