कोरोना कैरन

हर रोगका एक दबा चइना टाइगर बाम

—खगेन्द्र संग्रौला

जीवनमा सजिलो

हावमा कावा खानु हो

म किमार्थ खान्नँ

धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।

जीवनमा सजिलो

लडखडाउँदै हरेस खानु हो

म किमार्थ खान्नँ

धरती टेकेर मातृभूमिको सेवा गर्नु छ ।

जीवनमा गाह्रो

मुहुनीमय पैसो खानु हो

जोखिम उठाउने वीरले

शायद म खान्नँ भन्दैन ।

यसमा मेरो भन्नु केही छैन

सतोसत् मेरो भन्नु केही छैन ।

—खड्गप्रसाद ओली

नवोदित कवि खड्गप्रसाद ओलीको स्वभावगत विशेषता विशिष्ट छ । आफ्नो विशेषता झल्काउँदै उनी आज भन्लान्— यो कवितामा भावको विरोधाभाष छ, र छन्दको विचलन छ । तसर्थ यो कविताको रचनाकार म किमार्थ होइन । उनै कवि खड्गप्रसाद ओली भोलि भन्लान्— अचेल मलाई पलपल कविता फुर्छन् । शायद कुनै बेहोसीको क्षणमा मेरो भावलोकबाट यो कविता कतै खस्यो कि ! चञ्चल चित्तको भावुक नर्तन आसु कविको सामथ्र्य पनि हो, कमजोरी पनि ।

यस घडीमा देश–दुनियाँ दुईथरी आतङ्कबाट आक्रान्त छ । कोरोना महामारीको आतङ्कबाट । र, सत्तासिर्जित भ्रष्टाचार, भोक र मृत्युको आतङ्कबाट । कोरानोबाट आजका दिनसम्म चौध जनाको ज्यान गयो । संवेदनाशून्य शासकको लकलाडनकालमा एघार सय पाँच जनाको आत्महत्याले ज्यान गयो । कति दोजिया नारी, डायलसिस वञ्चित दुःखी, किमो थेरापी वर्जित क्यान्सर–पीडित र झाडापखाला पीडित कतिको ज्यान गयो, यसको हिसाब बेहिसाब छ । लकडाउनको नाउँमा नरनारीहरुलाई घरभित्र थुनेर कति कमिसन र घुस खाइयो, यसको अदृश्य हिसाब झनै बेहिसाब छ । यो नेकपा डबलको ओलीराजको यथार्थ कथा हो— निर्मम, विद्रूप र विकराल !

लकडाउनका बेला सडकमा अकाल मृत्यु वरण गरेका श्रमजीवि सूर्यबहादुर

“संवेदनाशून्य शासकको लकलाडनकालमा एघार सय पाँच जनाको आत्महत्याले ज्यान गयो । कति दोजिया नारी, डायलसिस वञ्चित दुःखी, किमो थेरापी वर्जित क्यान्सर–पीडित र झाडापखाला पीडित कतिको ज्यान गयो, यसको हिसाब बेहिसाब छ । लकडाउनको नाउँमा नरनारीहरुलाई घरभित्र थुनेर कति कमिसन र घुस खाइयो, यसको अदृश्य हिसाब झनै बेहिसाब छ । यो नेकपा डबलको ओलीराजको यथार्थ कथा हो— निर्मम, विद्रूप र विकराल !”

ओली सरको काव्य फाँटको द्वैधता सत्ता सञ्चालनमा पनि देखिन्छ । हिजो के भनेको थिएँ, उनलाई आज त्यसको सम्झना हुँदैन । आज के भन्दैछ्ु, उनलाई भोलि त्यसको याद रहँदैन । त्यसैले कोरोनाकालमा उनी कमिसन खाँदैनन् र खान्छ्न् । उनी घुस खाँदैनन् र खान्छन् । उनी नतावाद गर्दैनन् र गर्छन् । उनी नागरिकहरुप्रति क्र्रूरता प्रदर्शन गर्दैनन् र गर्छन् । उनी कोरोना नियन्त्रण कार्यमा अव्यवस्था, भद्रगोल र बर्बादीको सिर्जना गर्दैनन् र गर्छन् । कवि ओलीको द्वैधतायुक्त व्यक्तित्वको शासनतन्त्रमा संक्रमण खतरनाक कुरा हो !

जहाँ मुहुनीमय पैसाको कारोबार हुन्छ, त्यहाँ कवि ओलीको विशेषता झ्वास्स झल्किन्छ । ओम्नि कमिसनको कुरो त थोत्रो भइसक्यो । हाल नयाँनयाँ कुरा गोचर हुँदैछन् । ओलीतन्त्रमा स्वास्थ्य–सामग्रीको खरिद आफैँमा एक काव्य हो । कमिशन र भ्रष्टाचारको भाइरसले भरिपूर्ण काव्य । खरिदमा पहिले कमरेड ओम्नी भुँडेभाग खान्थ्यो र पुन्टेभाग ठेक्कादाता सरलाई टक्रयाउँथ्यो । अहिले ओम्नीको भूमिका सेनामा संक्रमित भएछ । र, ओम्नीलाई बिर्साउन खोज्दै सेना बजाउन थालेछ ! रक्षामन्त्री ईश्वर पोखरेल र सैनिक जर्नेलहरुको मायामोह गाँसिनु के थियो, भ्रष्टाचारको अर्को कीर्तिमान शुरु भयो । ईश्वरले दबाब दिए, ओली सरले स्वीकृति दिए । र, सेनालाई २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद गर्ने वरदान प्राप्त भयो । मिडिया र सञ्जालभरि समाचार छ्याप्छ्याप्ती छ— सेनाले २६ करोड ६२ लाख झ्याप्पै ज्युनार गर्यो । कुरो बुझ्दा सेनाले धेरथोर ज्युनार नगरेको कुनै आइटम छैन । कुराको जग हाल्न एउटा सानो उदाहरण हेरौँ । सर्जिलक मास्क स्वास्थ्य विभागले गोटाको १५ रुपियाँका दरले किनेको थियो । त्यही मस्क कमरेड ओम्नीले गोटाको ३९ रुपियाँमा किनेँ भन्यो । अहिले त्यही मास्क सेनाले गोटाको ५२ रुपियाँमा किनेको बिल देखाएछ । हिजोको आजै दररेटमा यत्रो फरक किन ? कवि ओलीले सदाभैmँ खतबातको बचाउ गर्दै जबाफ देलान्— पलप्रतिपल भाउ बढ्यो होला । माल छिटो ल्याउनुपर्दा दररेट बढ्यो होला । अथबा के थाहा, मालपारखी सेनाले मालै पो अब्बल ल्यायो कि ! कुरो गजब छ बा ! ओलीतन्त्रमा सडकको ठेकदार सेना ! विमानस्थलको ठेकदार सेना ! दबाइमूलोको ठकेदार सेना ! क्वारेन्टाइन सुरक्षाको ठकेदार सेना ! तैतै कविराज ओली गुटले शासन सञ्चालनको ठेक्का नै सेनालाई सुम्पिदिए टन्टै खलास हुन्थ्यो । आखिर देखाउने दाँत र खाने दाँत किन दुईटा हुनुपर्‍यो ?

“अहिले ओम्नीको भूमिका सेनामा संक्रमित भएछ । र, ओम्नीलाई बिर्साउन खोज्दै सेना बजाउन थालेछ ! रक्षामन्त्री ईश्वर पोखरेल र सैनिक जर्नेलहरुको मायामोह गाँसिनु के थियो, भ्रष्टाचारको अर्को कीर्तिमान शुरु भयो । ईश्वरले दबाब दिए, ओली सरले स्वीकृति दिए । र, सेनालाई २ अर्ब २५ करोडको स्वास्थ्य सामग्री खरिद गर्ने वरदान प्राप्त भयो । मिडिया र सञ्जालभरि समाचार छ्याप्छ्याप्ती छ— सेनाले २६ करोड ६२ लाख झ्याप्पै ज्युनार गर्यो । कुरो बुझ्दा सेनाले धेरथोर ज्युनार नगरेको कुनै आइटम छैन ।”

लकडाउन तोडियो र लकडाउन कायम छ । यो ओलीतन्त्रको रहस्यमय कार्यविधि हो । हिजो सडकभरि मानिसको ओइरो थियो, पसलहरु भरमार खुलेका थिए । आज प्रहरीबल पदयात्री र पसलेहरुलाई भक्कुमार कुट्दै हिँडेको छ । यो ओलीतन्त्रको द्वैधताको नतिजा हो । कोरोना नियन्त्रणको सरकारी चेष्टा तुरियो, कोरोना नियन्त्रणको सरकारी चेष्टा जारी छ । गजब छ बा ! जता हेर्यो, ओली मनोग्रन्थीको प्रभाव व्याप्त छ । कोरोना नियन्त्रण ओलीतन्त्रको आफ्नै मौलिकताले सुशोभित छ । यी हुन् केही झक्की उदाहरण ! विज्ञ र सामान्यजनको जीजीविषायुक्त आक्रोश गगनमण्डलमा व्याप्त छ— पीसीआर परीक्षण तीव्र तुल्याऊ, जनमारा लकडाउन लक गर ! ओलीतन्त्र भन्छ— पीसीआर परीक्षण अझ घटाउँछु, लकडाउनलाई मरिगए लक गर्दिनँ ! ओलीतन्त्र भन्छ— कोरोना नियन्त्रणविधिलाई म अब मौलिक रुप दिन्छु । कसरी ख्वामित् ? नगरिक चौध दिन क्वारेन्टाइनमा बस्छ र केही नगरी घर जान्छ । पीसीआर टेस्ट गर्नु पर्दैन र ख्वामित् ? ओलीतन्त्र ओठ जबाफ दिन्छ— मूर्ख ! मनुवामा लक्षण नै छैन भने दुर्लभ पीसीआर किन नाश गर्नु ? यसको मतलब डा. समीरमणिले भनेझैँ क्वारेन्टाइनहरु कोरानाका नर्सरी हुनेभए, हैनत ख्वामित् ? मूर्ख ! यस्ता झ्यासझुस विज्ञका कुरा नसुन्नु, बौलाइन्छ ।

लकडाउन तोडियो र लकडाउन कायम छ । न्यूरोडमा लकडाउन तोड्दै व्यापारीहरु ।

हर रोगका एक दबा, चइना टाइगर बाम ! ओलीतन्त्रका कुरा सन्यो कि यो चटके वाणीले दिमागमा झापट हान्छ । ओली राजमा हरेक प्रश्नको उत्तर एउटै हुनथाल्यो— पीसीआर किट दुर्लभ छ । अब पीसीआर होइन, नागरिकद्वारा स्वयंसेवा ! अब पीसीआर होइन, भगवान भरोसा ! अब गनगन होइन, चुपचाप सरकारमाथि विश्वास ! कि सरकारमाथि विश्वास कि लाठा, अश्रुग्याँस र पानीका फोहारा । प्रधानमन्त्री निवास बालुवाटारको सिर्जनशील दृश्य हेर र केही सिक ! जो सिक्दैन, त्यसलाई त्यसैगरी ठोकिन्छ ।

“हर रोगका एक दबा चइना टाइगर बाम ! ओलीतन्त्रका कुरा सन्यो कि यो चटके वाणीले दिमागमा झापट हान्छ । ओली राजमा हरेक प्रश्नको उत्तर एउटै हुनथाल्यो— पीसीआर किट दुर्लभ छ । अब पीसीआर होइन, नागरिकद्वारा स्वयंसेवा ! अब पीसीआर होइन, भगवान भरोसा ! अब गनगन होइन, चुपचाप सरकारमाथि विश्वास ! कि सरकारमाथि विश्वास कि लाठा, अश्रुग्याँस र पानीका फोहारा । प्रधानमन्त्री निवास बालुवाटारको सिर्जनशील दृश्य हेर र केही सिक ! जो सिक्दैन, त्यसलाई त्यसैगरी ठोकिन्छ ।”

यता पीसीआर किटको भयावह अभाव छ, उता लकडाउनयताको सरकारी खर्चमा १० अर्बको खोलो बगेको छ । यो के हो ? यो चरम् अभाव र त्यो भयानक खोलोको सङ्गति कहाँ छ ? कहाँ गयो त्यत्रो रकम ? प्रयोगशालामा ३० हजार स्वाबको थुप्रो लागेको छ । परीक्षण गर्न न पर्याप्त उपकरण छन् न यथेष्ट जनशक्ति छ । के मस्त मुद्रामा बीस अर्ब ज्युनार गर्दै ओली सरकार लकडाउनभरि गाढा सुकलामा लीन थियो ? क्वारेन्टाइनहरु गाईगोठमा छन् । क्वारेन्टाइनहरु खुला र नाङ्गा टहरामा छन् । क्वारेन्टाइनहरु मारामार भीडमभीड छन् । यी झल्ला क्वारेन्टाइनहरु कोरोना नियन्त्रक होइन, कोरोना विस्तारक भएका छन् । यसो हेर्नू, सरकारको कोरोना नियन्त्रण कर्ममा कतै केही व्यवस्थित छैन । न विज्ञजनको मूत्र्त केन्द्रीय कमाण्ड छ, न माथि र तल लेसमात्र पनि समन्वय छ । जे छ सर्वत्र भद्रगोल छ । जे छ थामिनसक्नु अराजकता छ । जता हे¥यो, मृ्रत्युको कारखानाजस्तो लाग्छ । मृत्युको यो कारखानालाई हामीले कोरोना नियन्त्रणमा सत्तानायक कविवर ओलीको मौलिकताको निशानी मानिदिनु पर्ला, होइन ?

जता कान थाप्यो, ‘दश अर्ब’, ‘दश अर्ब’को उत्ताल गुन्जन सुनिन्छ । यो गुन्जनमा घनिभूत क्रोध छ, तीव्र आक्रोश छ, भयावह विस्फोटको लक्षण छ । संसदमा गगन थापा नामक व्यक्तिका मुखबाट आक्रोशको आगो बल्यो— केमा खर्च भयो त्यत्रो दश अर्ब ? एकएक पैसाको हिसाब चाहियो ? यहाँ पनि ओलीतन्त्रकोे प्रत्युत्तर एकदम मौलिक हुनसक्छ । सके कल्पनाशील कवि ओली चुट्किलाले चार किल्ला बाँधेर भन्लान्— जगत् ध्यानले सुनोस् र सद्बुद्धिले बुझोस्— यो सङ्कटकालीन खर्च हो । क्षण–प्रतिक्षण कोरोना महामारीको यत्रो ऐठनकारी आतङ्क छ । यस्तोमा कसरी सकिन्छ चुनदामको हिसाब राख्न ? महामारीले मथिङ्गल हल्लिएका बेला को हिँड्छ हातमा नित्य कलम–कापी बोकेर ? ओली सरको यो तर्कको गुह्य अर्थ हो— जो खर्च भो, त्यो खर्च भो ! जो खाइयो, त्यो खाइयो ! जसले हिसाब खोज्छ, त्यो समय र सन्दर्भ नबुझ्ने गोब्रे लठ्ठक हो । यसको अर्थ हामी अकिञ्चन जनले बुझ्m्नुप¥यो— गगन थापा गोब्रे लठ्ठ हो !

कोरोना विषाणको संक्रमण दिन प्रतिदिन छिटछिटो फैलिँदो छ । र, संक्रमित दिनदिनै मर्दो छ । सरकारको बोलीले सङ्केतमा भन्छ— अबलाई केवल सुस्तता, केवल अकर्मण्यता, केवल हात बाँधेर मृत्युको प्रतिक्षा ! बस्, अबलाई पूर्ण आलस्य, पूर्ण लम्पटपना, पूर्ण लाचारी, केवल हात बाँधेर मृत्यसको पतिक्षा !

“ओलीराजका दृष्टिमा जनसाधारण, बौद्धिक र लेखक–कलाकारहरुको त के बुद्धि हुन्छ र तिनका कुरा सुन्नु ? फाँटवाला जान्नेसुन्ने विज्ञहरुका कुरा पनि यसले रत्तिभर सुनेन । कोरोना नियन्त्रणमा यो भद्रगोल, यो अराजकता र कालको यो अनियन्त्रित बिगबिगीको सम्भावनाको सङ्केत गर्नेहरु नभएका होइनन् । लोक मस्तिष्कमा शेरबहादुर पुन, समीरमणि दीक्षित, डाक्टर अनुप आदि इत्यादिका नाम अमिट रुपले अङ्कित भएका छन् । लाग्छ, ओली सरकारले केवल सरकारी विज्ञहरुका कुरा पत्याउँदा यो महाबर्बादी आइलाग्यो ।”

ओलीराजका दृष्टिमा जनसाधारण, बौद्धिक र लेखक–कलाकारहरुको त के बुद्धि हुन्छ र तिनका कुरा सुन्नु ? फाँटवाला जान्नेसुन्ने विज्ञहरुका कुरा पनि यसले रत्तिभर सुनेन । कोरोना नियन्त्रणमा यो भद्रगोल, यो अराजकता र कालको यो अनियन्त्रित बिगबिगीको सम्भावनाको सङ्केत गर्नेहरु नभएका होइनन् । लोक मस्तिष्कमा शेरबहादुर पुन, समीरमणि दीक्षित, डाक्टर अनुप आदि इत्यादिका नाम अमिट रुपले अङ्कित भएका छन् । लाग्छ, ओली सरकारले केवल सरकारी विज्ञहरुका कुरा पत्याउँदा यो महाबर्बादी आइलाग्यो । लाभको पदको लोभले रोलमा उँभिएका सरकारी विज्ञहरुले भने हुनन्— ढुक्क होइस्योस् ख्वामित् ! जे हुँदैछ, सब ठीक हुँदैछ । जे हुनेछ, सब ठीक हुनेछ । अँ त नि— ठीक भयो ! देखियो !

यो सरकार नागरिकहरुलाई कोरोनाबाट बचाउने उद्योगमा छैन । यो त जानअन्जान तिनलाई मार्ने उद्योगमा पो छ ! अब आ–आफ्ना ज्यान जोगाउने नागरिकहरुका एकल र मिलिजुली चेष्टाहरुबाट मात्र हो । खानको काल यो सरकार भगवान भरोसेमा जाओस्, हामी नागरिकहरु स्वयत्नको भरोसामा संघर्षरत रहौँ !

कोरोना कैरनः—

घुमिफिरी आफ्नै गुँडमा

सरकारका दुई अलङ्कार

हाम्रो सरकार, राम्रो सरकार

यस्तो दिन पनि आयो

विपतमा जसको देशै हरण भो

कोरोना युद्धका शहीदहरु

सरकारको अनुहार देखिने यो ऐना

लुकिँदैन, लडिन्छ र जितिन्छ

सरकार अस्वस्थ, स्वास्थ्य नीति बर्बाद

बाहुबली स्वास्थ्य नीति, सरकारी नरकयात्रा

दुई कोरोना विशेषज्ञ— तल पुन, माथि ओली

कोरोना कालमा छिमेकीको माया

धन्दा ठगीको, सरकार नेकपा डबलको

सरकार सनक सिं, लकडाउन सनक

सरकारका आँखा, प्रधानमन्त्रीको भाका

यो राष्ट्रवाद प्रभुको, यो देश कसको ?

कि रचनात्मक होऊ कि देवघाट जाऊ

तिनका नाउँमा जो मारिए

राष्ट्रवादको भेलमा भोकाको काल

प्रेमपथका वीर शहीद नवराज विक

– रातोपाटी