कोरोना जितेर झापाका ५२ जना घर पर्किए
भद्रपुर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट झापाका थप २८ जना कोरोना जितेर घर फर्किएका छन् । प्रतिष्ठानका अनुसार १८ देखि ५६ वर्ष उमेर समूहका २८ जना पुरुषलाई डिस्चार्ज गरिएको छ । यसअघि झापाका २४ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् । झापामा कोरोना संक्रमितको संख्या १४८ पुगेकोमा ५२ जना निको भएर घर आएका छन् ।