कोरोना संक्रमित थप एकको मृत्यु
काठमाडौँ । कोरोनाका कारण वालिङका ६० वर्षय पुरुषको मृत्यु संगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय अन्तर्गतको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले दिएको जानकारी अनुसार स्याङ्जाका ६० वर्षे पुरुषको कोभिड–१९ बाट मृत्यु भएको हो ।
वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिएका हुन् ।