कोरोना संक्रमित ३४ सय नाघे

झापा । कोराेना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आइतबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएका हुन् ।

आइतबार २ सय १३ जना संक्रमित थपिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ ।  आइतवारसम्म ३ सय ९९ जना पुरुष र ६८ जना महिला गरी ४ सय ६७ जना कोरोना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् । प्रदेश नं. १ बाट ९१ जना डिस्चार्ज भएका हुन् ।

देश भर १ लाख ७० हजार ७ सय ३२ जना क्वारेन्टाइनमा राखिएको छ । प्रदेश नं. १ मा ४ हजार ३ सय ८८ जना क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा रहेका अधिकांश भारतबाट आएका हुन् ।