शिक्षा मन्त्रीलाई थाहा नभएको कुरा बजेटमा : नारायणकाजी

काठमाण्डौं । सत्तारुढ नेकपाका सचिवालय सदस्य एवम् राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले शिक्षा मन्त्रीलाई समेत थाहा नभएको विषय बजेटमा परेको बताएका छन् । राष्ट्रिय सभामा बजेट माथिको छलफलको क्रममा श्रेष्ठ सामुदायिक विद्यालयको गुणस्तर सुधार्न निजी विद्यालयलाई दिने बजेटको व्यवस्था माथि प्रश्न उठाएका हुन् । ’निजी विद्यालयलाई सामुदायिक विद्यालयहरुको गुणस्तर सुर्धान दिने भनेको के हो यो’, श्रेष्ठले भने, ’शिक्षा मन्त्रीलाई पनि सोधेँ उहाँलाई पनि थाहा रहेनछ ।’ उनले सामुदायिक विद्यालय र क्याम्पसहरुलाई गुणस्तरिय शिक्षाको मूल थलो बनाउने भन्ने दृष्टिकोणको बजेटमा आएको प्रस्तावले प्रतिनिधित्व नगर्ने उल्लेख गरे ।

सांसद श्रेष्ठले, सांसद विकास कोष खारेज नभएकोमा समेत प्रश्न उठाए । उनले प्रधानमन्त्री र अर्थमन्त्री खारेज गर्ने पक्षमा आफूले पाएको तर कसरी बजेटमा समेटियो भन्दै प्रश्न उठाए ।