भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने

“नेपालसँग भाइ –भाइ र पारिवारिक सम्बन्ध छ मिल्छ”

अन्तवार्तामा भने :- ’केही “गलत फेमी” भएको हुनसक्छ, वार्ताबाट मिल्छ’

भद्रपुर । अहिले नेपाल – भारतबीच लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रको सीमा बिबाद केही बढेको छ । नेपालले आफ्नो भूमि नछोड््ने अडान राखेपछि भारतले पनि नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव पनि गरिसकेको छ ।

भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा बिबादका बिषयमा केही “गलत फेमी” भएको हुनसक्छ, यो वार्ताबाट मिल्ने बताएका छन । गृहमन्त्री राजनाथ सिंहले शनिबार भारतीय सञ्चार संस्था एबीपी न्यूजलाई अन्तवार्ता दिने क्रममा सो कुरा बताएका हुन । पत्रकारको जित्रासामा, नेपाल भारतबीच उठेको सीमा बिबादका बिषयमा नेपालसँग सौहार्द वातावरण रहेको बताउँदै भने, ‘नेपाल भारतबीच त भाई भाइ र पारिवारिक सम्बन्ध छ बसेर वार्तामा बसेपछि मिल्छ ।’ उनले भने, केही मतभेद भए सुल्झाउन सकिन्छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न नेपालले संविधान संशोधन विधेयक ल्याएको छ । भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनमा नेपालसँगको सीमा समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ ।