कुन जिल्लामा कति अतिक्रमण ?

नेपालमाथि भारतको दादागिरी

नमिचिएको गाँउ छैन, नहेपिएको ठाउँ छैन

काठमाडौं । नेपालको २६ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । र, नेपाल भारतबीच १ हजार ८ सय ८० किलोमिटर सीमारेखा छ । त्यसमध्ये २३ जिल्लामा सीमा विवाद छ । धनुषा, बैतडी र डडेलधुरामा मात्रै विवाद छैन । नेपाल-भारत सीमारेखाको ७१ स्थानमा अतिक्रमण, मिचान र वादविवाद छ । र, यस्तो विवादित क्षेत्रफल ७९ हजार ६ सय ४२ हेक्टर हुन्छ । यीमध्ये कालापानी, लिम्पियाधुरा क्षेत्रमा ३६ हजार, नवलपरासीको सुस्तामा १४ हजार र अन्य जिल्लामा ९ हजार हेक्टर जमिन भारतीय पक्षबाट अतिक्रमित भएको छ ।

ताप्लेजुङ :- टिम्बापोखरी, काबेली-लामेखोला, काब्रु पहाड र तुम्लिङबस्ती (२ हजार २० हेक्टर) । पाँचथर :- अहलगैरी र चिवाभाज्याङ (११४ हेक्टर) । इलाम :- पशुपतिनगर, फाटक, मानेभञ्याङ, सन्दकपुर (८२ हेक्टर) । झापा :- कारोबारी, पाठामारी, महेशपुर, भद्रपुर, कालीखज्जर, भान्साखोला, नकलबन्दा, बाहुनडाँगी (१७४ हेक्टर) । मोरङ :- बुद्धनगर, बहुका चेप्राहा, सोनापुर दोरिया (३५ हेक्टर) । सुनसरी :- कटैया-भन्टावारी, शिवगन्ज पकरिया र साहेवगन्ज (४३ हेक्टर) । सप्तरी :- सुवर्णपट्टी, बारदाही, सखडा छिन्नमस्ता, लालपट्टी-गोविन्दपुर, कुनौली, विष्णुपुर-शिवनगर, गोबरगाडा (१७५ हेक्टर) । सिरहा :- माडर-चन्द्रगन्ज र टाँडी (११ हेक्टर) । महोत्तरी :- सम्सी र शिसवा-कटैया (१४ हेक्टर) । सर्लाही :- त्रिभुवनबस्ती र सङग्रामपुर (१२ हेक्टर) । रौतहट :- गौर-जमुना (१५ हेक्टर) । बारा :- दक्षिण झित्कैया (३० हेक्टर) । पर्सा :- ठोरी, लक्ष्मीपुर-पिपरा, दसौता, मितेरी पुल, अहिर टोल, इनरुवा-चमार टोल (२३३ हेक्टर) । चितवन :- बाल्मीकि आश्रम र दारनाला दारीचुरे (१७४ हेक्टर) । नवलपरासी :- सुस्ता ३३ हजार ४८० हेक्टर । रुपन्देही :- मर्चवार र बेलहिया (५५ हेक्टर) । कपिलबस्तु :- कृष्णनगर बजार (१ हेक्टर) । दाङ :- कोइलाबास (२५ हेक्टर) । बाँके :- होलिया र नैनापुर (५१ हेक्टर) । बर्दिया :- नकुवानाला, खैरीगाउँ गेरुवा, चौगुर्जी (२१ हेक्टर) । कैलाली :- फूलबारीगाउँ, कौवाखेदा, कुसुमघाट, राजपुर (२६६ हेक्टर) । कञ्चनपुर :- ब्रम्हदेवमण्डी, टनकपुर ब्यारेज, शारदा ब्यारेज, बनबासा-गड्डाचौकी, शुक्लाफाँटा, भुदगाउँ र परासन (१ हजार ६ सय ११ हेक्टर) । दार्चुला :- कालापानी, लिम्पियाधुरा र लिपुलेक (३७ हजार हेक्टर) ।

सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरीका अनुसार ९ वटा जंगे पिलर र २८ वटा मुख्य स्तम्भ हराएका छन् । ती सबै भारततर्फका हुन् । कतिपय प्राकृतिक प्रकोपका समयमा हराएका भएपनि अधिकांश सीमास्तम्भ भारतीय पक्षले रातारात उखेलेर फ्यालेका हुन् । स्तम्भ नै नहुँदा सीमा विवाद हुने नै भयो ।