झापाको बाह्रदशीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि

भद्रपुर । झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालमा कोभिड १९ परीक्षण केन्द्रमा गरिएको परीक्षणमा झापा बाह्रदशीका एक जना पुरुषमा कोरोना पोजिटिभ देखिएको होे । बाह्रदशीका पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । स्वास्थ्य मन्त्रालयले भने आधिकारी घोषणा गर्न बाँकी छ ।

यसअघि पनि बाह्रदशीमा एक पुरुषमा कोरोना संक्रमण देखा परेको थियो । तर उनी निको भएर घर फर्किसकेका छन् । त्यस्तै जिल्लाको कचनकवल गाउँपालिका ३३, दमक नगरपालिकामा एक जनामा कोरोना भाइरसका संक्रमित फेला परेको थियो । आइतबार थप एक जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश १ मा कोरोना संक्रमितको संख्या ८७ पुगेको छ ।