सामाजिक सुरक्षा भत्ता रोक्ने काम निन्दनीय : नेतृ गोमा भट्टराई

झापा । नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराईले सामाजिक सुरक्षा भत्ता रोकेर सरकारले ६० वर्ष मुनिका एकल महिला, अपाङ्ग लगायत सिमान्तकृत वर्गमाथि आहात पुगेको भन्दै सरकारी निर्णय सच्याउन माग गरेकी छिन् ।

नेतृ भट्टराईले एक विज्ञप्ति जारी गर्दै लकडाउनले गाँस जुटाउन समस्यामा परेका वर्ग प्रति सरकारले अनुदार भएर सामाजिक सुरक्षा भत्ता रोक्ने काम निन्दनीय भएको ठहर गर्दै निर्णय सच्याउन माग गरेकी हुन् ।

उनले लेखेकी छिन् – निर्वाचनका बेला घरघरमा सामाजिक सुरक्षा भत्ता पुर्याइ दिने आश्वासन दिएर जनमत बटुलेको वर्तमान सरकारले लकडाउनले रोजगार गुमेको कठिन समयमा सामाजिक सुरक्षा भत्ता रोक्ने काम गर्दा ६० वर्ष मुनिका एकल महिला, अतिविपन्न सिमान्तकृत वर्ग लगायत समस्यामा पर्ने चिन्ता व्यक्त गरेकी छिन् ।

नेतृ भट्टराईले विज्ञप्तिमार्फत सरकारको निर्णय फिर्ता लिन समेत माग गरेकी छिन् ।