कमजोर बन्यो अम्फान चक्रवात
काठमाडौं । हाल बंगलादेशको आसपासमा अवस्थित अम्फान चक्रवात कमजोर भई निम्न चापीय प्रणालीको रुपमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पूर्वी भू-भागमा यस प्रणालीको आन्शिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको विभागको भनाइ छ । पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।
शुक्रबार देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका १–२ स्थानहरुमा मेघगर्जन, चट्याङ् र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । शनिबार पनि देशको मध्य तथा पूर्वी भू(भागहरुमा सामान्य बदली र पश्चिमी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भूभागका केहि स्थानहरु र पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । आईतबार देशको मध्य तथा पूर्वी भूभागहरुमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । मध्य तथा पूर्वी भू-भागका केहि स्थानहरु र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ रहावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।