भिडियोकल मार्फत मृत्युदण्ड

सिंगापुरको अदालतले जूम भिडियोकल मार्फत एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाइएको छ । लागुऔषध तस्करीमा दोषी देखिएका मलेसियाका ३७ वर्षिय पुनिथान जेनासानलाई फासीको सजाय दिएको हो ।

जेनासानलाई २०११ मा हिरोइन तस्करीको घटनामा दोषी ठहर गरिएको हो । कोरोनाको महामारीका कारण भिडियोकल मार्फत उनलाई शुक्रबार सजाय सुनाइएको हो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लकडाउन लागु रहेको अवस्थामा सुरक्षालाई मध्यनजर गरेर मुद्दाको सुनुवाई भिडियो कल मार्फत गरिएको सिंगापुरको सर्वोच्च अदालतका प्रवक्ताले बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।