चीनले बन्द गर्यो कालापानी लिपुलेक नाका

भारतलाई भन्यो : “दुई देशबीच सीमा बिबाद मिलाउँ”

काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक एकतर्फी रुपमा निर्माण गरेको छ । सो एकतर्फी सडक निर्माणको नेपालले विरोध गर्दै लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ । चीनले भने यसअघि नै भारतले बनाएको सो सडक भएर आवत जावत गर्ने नाका बन्द गरिदिएको छ । चीनले भारतलाई दुई देशबीच बिबाद मिलाउ भनेर रोकिदिएको जनाइएको छ ।

हाल कालापानीको सीमालाई लिएर उत्पन्न विवाद नेपाल र भारत बीचको भएको चीनले बताएको छ । र, यो समस्या दुई देशले आपसी सम्वादबाट हल गर्ने विश्वास व्यक्त गरेको छ । चिनियाँ विदेश मन्त्रालयले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रीपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन ।’ साथै चीनले एकपक्षीय कदम, बाट दुबै देश बच्नुपर्नेमा जोड दिएको छ । जसले स्थिति जटिल बनाउन सक्छ ।

भारतले भने एकतर्फी नेपालको भूभागमा सडक निर्माण गरी जबरजस्ती चलाउन सकिन्छ कि भनेर हेपाहा प्रबृति देखाएको छ । यसमा भारतीय संसदमा बिपक्षीहरुले बिरोध पनि गरेका छन भने सञ्चार माध्यामले पनि बिरोध जनाएका छन ।