गौरादहका आदिवासी महिलाहरूले

कोरोनाको महामारीबाट बच्न माता भगवतीको पुजा गरे

गौरादह । गौरादह नगरपालिका वडा नं. २ स्थित सिताराम ताजपुरिया चौकका स्थानीय आदिबासी समुदायले कोरोना भाइरसको महामारीबाट वच्न भगवती माताको पुजा आराधना गरेका छन् । उनीहरुले सामुहिकरूपमा पारिवारिक तथा सम्पूर्ण मानवजातिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै कोरोना भाईरसको महामारीबाट बच्न शक्तिप्रदान होस् भन्दै भगवती माताको पुजाआजा गरेका हुन् । बिगतमा पनि उक्त समुदायले विभिन्न बिपत्ति र तथा संकटका बेला यस प्रकारको क्षमा पुजा गर्दै आएको पुजामा सहभागि एक स्थानिय फुलकुमारी ताजपुरियाले बताईन् ।

उनीहरूले पान, सुपारी, केरा, फलफुल आदि पूजा सामाग्री लिएर एक स्थानमा जम्मा भई पुजा आराधना गरेका थिए । यस्तो पुजा आराधना गर्नाले विभिन्न समयमा आउने बिपत्त तथा संकटहरुबाट निवरण हुने जनविश्वास छ । उनीहरुले आफ्ना देवता ग्राम महाराजालाई पनि दियो बत्तीसहित पुजा आराधना गरेका थिए । विभिन्न चाडपर्बमा आफ्नै परम्परा र रितिरिवाज अनुसार देबी देवताहरुको पुजा आराधना गर्दै आएकोले यसपटको कोरोना बिपत्तिका कारण ग्राम देवताहरुको पुजा अर्चना गर्न नपाएकोमा उनीहरुले भगवती माताको पुजा आराधना गरेका हुन् ।