मेमेङ्ग टोलमा देवीपूजा मनाईयो
सामाजिक दूरी कायम नभएको तस्बिरले भन्छ
कमल । धार्मिक आस्थाका रुपमा रहेको देवीथानमा गरिदैआएको पूजा यसवर्ष पनि आज विशेष पूजाआजा गरि मनाईएको छ । बैशाखे पूर्णिमाको पञ्चमीका दिन गरिदैआएको देवीपूजा झापाको कमल गाँउपालिकाका विभिन्न स्थानमा आज सामूहिक पूजाआजा गरिएको छ । यसैक्रममा कमल ७ स्थित मेमेङ्ग टोलमा रहेको देवीथानमा किरात धर्मावलम्बीहरुले कुल देवीदेउताको पूजाआजा गरिएको स्थानीय किरात युमा माङहिमका अध्यक्ष भिमराज लिम्बुले वताएका छन् । बर्षोदेखि त्यहाँ हरेक बर्ष आजकै दिन गाँउले भेला भई देवीपूजा गरिआएको उनले वताए । यसवर्ष भने कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले जारी राखेको बन्दाबन्दी कारण भौतिक दुरी कायम गरि पूर्वसर्तकताका साथ पूजाआजा गरिएको उनले जानकारी दिए ।
स्थानीय गणेशबहादुर केरुङले संरक्षण गरिआएको देवीथानसहितको दुई कठ्ठा जमीनमा किरात माङहिम निर्माणको काम भईरहेका छन् । देवीथानको संरक्षण गर्न दाता केरुङले गतवर्ष करिव १ लाख रुपैया खर्चिएर पक्कीघेराबेरा लगायतको संरचना निर्माण गरिदिएका छन् । दाता केरुङले बर्षोदेखि संरक्षित यस देवीथानमा बर्सेनी बैशाखे पञ्चमी तिथीका दिन यसरीनै पूजाअर्चना गरिआएको वताँउछन् । विशेषगरि प्रकृतिमा अन्नवाली राम्रो बनोस ,कसैलाई रोगव्याथा नलागोस भन्दै भगवान देवीको किरात धर्म संस्कार अनुसार पूजाआजा गरिने चलन रहेको उनले वताएका छन् । देवीपूजामा पूजारीद्धय बमविक्रम लाओती र नरसिंह केरुङले किरात धर्म संस्कृति अनुसार पूजापाठ गरेका थिए । पूजापाठ विहान ८ वजेदेखि दिउँसो एक बजेसम्म चलेको माङहिम निर्माण समितिका अध्यक्ष पूर्णकुमार मावोले वताएका छन् । पूजामा त्यस टोलका बासिन्दाहरुको उपस्थिति रहेको थियो । त्यसवाहेक कमल ७ कै गेउरिया पश्चिममा पनि आदिवासी जनजातिहरुले आजनै देवी पूजाआजा गरि मनाईएको स्थानीय लालवहादुर सुनुवारले वताए ।