म्याद गुज्रिएको विषादीयुत्त गहुँको बीउ

बेच्नलाई धोई पखाली घाममा सुकाईरहेको अवस्थामा फेला पर्यो

गौरीगंज । म्याद गुज्रेको उन्नतजातको गहुँको बीउ वेचविखन गर्ने उदेश्यले घरमा राखिएको अवस्थामा फेला परेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ३ स्थायी घर भएका रविन पौद्वारले म्याद नाघेको करिब २ सय ८० केजी (७ मन) उन्नत जातको गहुँको बीउ आज विहान धोई पखाली घाममा सुकाईरहेको अवस्थामा फेला परेको हो । साल्ट ट्रेडिङ कर्पाेरेशन लिमिटेड र कृषि सामग्री कम्पनी लिमिटेडको म्याद गुज्रेको उन्नत जातको बीउ फेला परेको उद्योग वाणिाज्य संघ गौरीगंजका अध्यक्ष तथा वडा नं. ३ का अध्यक्ष मखना महतोले जानकारी गराएका छन् ।

फेला पारिएको उत्त सुधारिएको गहुँको ट्यागमा सुरक्षित रूपमा भण्डारण गरे गहुँको प्रमाणिकरण म्याद बढीमा एक बालीसम्म रहने लेखिएको छ । गहुँ बाली लगाउने समय कार्तिकर मंसिर महिना हो । गहुँको बोरामा राखिएको ट्याग अनुसार उत्त गहुँ विषालु औषधीबाट उपाचार गरिएको र गहुँको प्रमाणिकरण बढीमा एक बालीसम्म रहने हुदाँ म्याद गुज्रिसकेको हो । तर धान,चामल र गहुँ किनबेच गर्ने स्थानिय व्यापारी पौद्वारले ८ क्वीन्टल उत्त गहुँको बीउ अर्का स्थानिय व्यापारी गौरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका पाण्डब झासंग ६ र ७ दिन अघि किनेका थिए । म्याद गुज्रिएको गहुँ हो भनी थाहा पाउँदा पाउदै किन उनले व्यापारी झासंग १ हजार रूपैयाँ मनको दरले खरिद गरे ? जिज्ञासा राख्दा पौद्वार भन्छन् – गहुँको बीउको म्याद गुज्रिएकोले धोई पखाली सुकाएर राख्न खोजेको हो, बेच्नलाई होईन ।

उत्त बीउ विजनका लागि ल्याईएको विषादीयुत्त गहुँलाई धोई पखाली घाममा सुकाएर तयार पारी उत्त गहुँ अन्य साना व्यापारीहरूलाई पौद्वारले बेच्ने गरेको स्थानियबासीहरूले आरोप लगाएका छन् । बजारमा गहुँको आटा (पिठो) बेच्ने खुद्रा साना व्यापारीहरूले सोही गहुँ खरिद गरि लाने गरेको बताईन्छ । कृषकलाई बेच्न ल्याईएको गहुँको बीउ यो सिजनमा नबिकेपछि व्यापारी पाण्डबले हालको गहुँको मूल्य भन्दा कम दररेटमा पौद्वारलाई बेचेको व्यापारी झाले स्वीकार गरे । ‘मैले गहुँ बाली लगाउने सिजनमै ल्याए अलि अलि ७ र ८ बोरा बचेको थियो त्यहि गहुँ बेचेको हो,’ व्यापारी झाले भने ।’ विउको गहुँ धोई पखाली घाममा सुकाए भने अन्य खानलायक शुद्व गहुँ जस्तो देखिन्छ, एक स्थानियले भने – तर धोए पनि विषादी पाखालेर नजाने भएकोले खान नहुने गहुँ हामी उपभोक्तालाई बेचिरहेको पाईएकोले उत्त व्यापारीलाई सशक्त कार्वाही हुनुपर्छ ।

फेला पारिएको उत्त म्याद गुज्रिएको गहुँको बीउ हाल वार्ड नं. ३ को कार्यालयमा स्थानिय प्रहरीको रोहवरमा राखिएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश भट्टराईले यसबारे माथिल्लो निकायलाई जानकारी गराई सकिएकोले के कार्वाही हुने विषयमा अहिले भन्न नसिकने बताए । -कोचिला न्यूज