कार्यरत पत्रकारलाई नियमित परिश्रमिक देउ : पत्रकार महासंघ झापा

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापा शाखाले झापाका सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई नियमित पारिश्रमिक भुक्तानी गर्न आग्रह गरेको छ । महासंघ झापा शाखाको आज बसेको बैठकले कार्यरत पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन झापाका सञ्चारमाध्यममालाई आग्रह गरेको हो ।

सञ्चारमाध्यम बन्द भएको वा विज्ञापनको रकम नउठेको बहनामा कतिपय सञ्चारमाध्यमले पारिश्रमिक भुक्तानी रोकेको गुनासो आएपछि महासंघ झापा शाखाले पारिश्रमिक भुक्तानीका लागि आग्रह गरेको हो ।

महासंघ झापाले बिर्तामोड नगरपालिकामा राहातका लागि सिफारिस गरेको भन्ने तथ्यहिन समाचार प्रकासन भएकोमा कहीँ कतै वा कुनै पनि निकायमा सिफरिस नगरिएको भनी सबैमा स्पस्ट पार्ने निर्णय गरेको छ ।