सत्ता परिवर्तन : उत्तरी र पश्चिमा शक्तिबीचको लडाइँ

बिश्लेषक भन्छन : नेपाललाई शक्ति संघर्षको स्थल बनाउने खेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टी्भित्र बिबाद चर्किरहेको छ । यसैबीचमा नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले सो दलका शीर्ष नेतासँग बेग्ला बैग्लै भेट गरिन । यो सक्रियता राजदूत हौ यान्छीको आफ्नो र सामान्य भेटघाट होइन । र, यो नेकपाभित्र मात्रैको बिबाद होइन । र नेपालको माया अथवा एउटा ओली बचाउन गरिएको बिबाद होइन ।

स्रोतका अनुसार, पश्चिमा अर्थात अमेरिका तथा युरोपियनहरुले यो सरकार हटाएर नेपालमा आफ्नो अनुकुल सरकार बनाउने तथा एमसीसी पास गराएर यहाँभित्र प्रभूत्व जमाउने र नेपाल बसेर चीनलाइ कमजोर बनाउने खेल हो । र यहाँ एउटा समूह समातेर परिवर्तनको खेल खेलेका छन भने चीनले पश्चिमाहरुको त्यो रोक्ने अर्थात इच्छा पूरा हुन नदिने ने प्रतिष्पर्धा हो ।

समग्रमा अहिले नेपालमा बिदेशी कुनचाहि शक्ति हावी हुने भन्ने प्रतिष्पर्धा मात्र रहेको छ । यी विश्वका दुइ पक्षले दुईवटा गुटलाई लडाएका छन । यसो सरसर्ती हेर्दा यो विश्वका दुई ठूला शत्तिबीचको लडाई साबित भएको बिश्लेषकले ब्याख्या गरेका छन ।

स्रोतका अनुसार समग्रमा अहिलेको सरकार परिवर्तनको वास्तविक खेल भने उत्तर र पश्चिमा देशबीच नेपाल तथा नेपालको राजनीति आफ्नो पक्षको बनाउने मात्र रहेको छ । र सँधै यसमा आफ्नो प्रभाव कायम राख्न चाहने भारत भने केही ‘न्युट्रल’ अवस्थामा बसेको छ । भारतले अहिले आफ्नो कुनै सहभागिता देखाएको छैन र चासो पनि त्यति लिएको देखिदैन । यसभित्र नेकपाका नेता दुइवटा पक्षमा बिभाजित भएर लडेका छन । डेमोखबर