ओली सरकारलाई विदा गर्नुको विकल्प छैन : बाबुराम भट्टराई
झापा . पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री के पी शर्मा ओलीले लोकतन्त्र बिरूद्ध विष पिलाएको आरोप लगाउँदै उनी नेतृत्व सरकारलाई विदा गर्नु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
ट्वीट गर्दै डा. भट्टराईले पार्टी फुटाउने अध्यादेश जारी गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गर्न विष पिलाउने विधेयक ल्याएकोले यस सरकारलाई विदा गर्नुको विकल्प नरहेको बताएका हुन् ।
उनले लेखेका छन् “कोरोनापीडित आमजनता र लकडाउन/भोकपीडित श्रमिकलाई औषघी,खाना र राहत सट्टा उल्टै पार्टी फुटाउने र संवैधानिक आयोग कब्जा गर्ने अध्यादेश ल्याएर लोकतन्त्रविरोधी विष पिलाउने ओली सरकारलाई अव विदा गर्नुको विकल्प छैन।दलीय घेराभन्दामाथि उठौं !ओलीतन्त्रको अन्त्य गरौं ! लोकतन्त्रको रक्षा गरौं !”
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दल बिभाजन सम्बन्धी अध्यादेश र संवैधानिक परिषद सम्बन्धि अध्यादेश मार्फत ल्याएको विधेक मन्त्रिपरिषदबाट परित भएपछि उनकै पार्टी नेकपा भित्र मात्र होइन नेपाली राजनीतिक वृतमा एकाएक तरङ्ग उत्पन्न भएको छ ।
कोरोना भाइरसको महामारीसँग संसार नै संर्घषरत् भएका बेला प्रधानमन्त्रीले एकाएक यो राजनीतिक दल फु्टाउने प्रावधानमा संशोधन प्रस्ताव ल्याउने कारण के हुन सक्छ ? भन्ने गम्भीर प्रश्नले देश नै तरङ्गित भएको हो ।
संघीय संसदमा रहेका अधिकाम्स राजनीतिक दलले ओली सरकारले ल्याएका अध्यादेश मार्फतका विधेयक बिरूद्ध कडा प्रतिवाद गर्ने निर्णय सार्वजनिक गरिसकेका छन् ।