मेची अञ्चल अस्पताललाई गैरआवसीय नेपालीको सहयोग
भद्रपुर । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइले भद्रपुर स्थित मेची अञ्चल अस्पतालका लागि २० थान पिपिइ सुट हस्तान्तरण गरेको छ ।
संघका महासचिव निश्चल दाहाल मार्फत अस्पतालका डाक्टरको सुरक्षाका लागि आवश्यक २० थान पि पि ई सुट मेडिकल सुपरिटण्डन पिताम्वर ठाकुरलाई हस्तान्तरण गरिएको हो ।
संघले देशभरीका कोरोना केन्द्रित परिक्षण हुने अस्पतालका स्वास्थ्यकर्मीको सुरक्षार्थ पिपिई बाड्ने कार्यक्रम अनुरुप अञ्चल अस्पतालमा सुट बाडिएको महासचिव दाहालले जानकारी दिएका छन् ।
हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति गणेश पोखरेल, भद्रपुर नगरपालिका वार्ड नं ८ का अध्यक्ष मनोज सुब्बा ५ का वडाध्यक्ष बन्धु कार्की, नेविसंघ झापा सचिव नारायण नेपाल,
कचनकवल ५ का सामाजिक व्यक्तित्व निर्मल दाहाल नेपाल शिक्षक संघ झापाका सचिव योगेन्द्र पौडेल लगायतको उपस्थितिमा मेची अंचल अस्पताल मेडिकल सुपरिटेन्डेन्ट डा पिताम्बर ठाकुर, वरिष्ठ फिजिसियन डा गोविन्द कंडेललाई पिपिइ हस्तान्तरण गरिएको थियो ।
पिपिइ हस्तान्तरणको क्रममा महासचिव दाहालले एनआरएनए युएइ च्याप्टरले विषम परिस्थितिमा युएइमा रहेका नेपालीका लागि मात्र नभएर नेपालमा रहेका सम्पूर्ण नेपाली प्रति जिम्मेवार भएर सहयोग गर्न तत्पर रहेको बताएका छन् ।
संघले यस अघि सेती अञ्ंचल अस्पताल धनगढी, भरतपुर हस्पिटल भरतपुर चितवन र नेपालगंज मेडिकल कलेज कोहलपुरमा क्रमशः २५, २५ र ३८ थान पिपिइ सुट हस्तान्तरण गरिएको दाहालले जानकारी दिए ।
संघका महासचिव दाहालको संयोजनमा सचिव ओमकार पोख्रेल, एमडि बोहोराको सहयोगमा खरिद गरिएका सामग्री स्थानीय सरकार र समाजसेवीहरूको रोहवरमा वितरण गरिएको जनाइएको छ ।