भरुवा बन्दुक र सालको काठ सहित पक्राउ
कैलाली । कैलालीको मोहन्याल गाउँपालिका३ फल्ले बिसौनाबाट दुई नाले भरुवा बन्दुक र ३१ क्युफुट सालको काठ सहित ४५ वर्षीया धनसरा गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
गिरीलाई अवैध हतियारको आडमा काठ तस्करी गरिरहेको सूचना पाएपछि कैलाली प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
उनको घरमा भरुवा बन्दुक लुकाइछिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक र सालको काठ फेला पारी पक्राउ गरेको जनाएको हो ।
साथै धनसराको श्रीमान चन्चल भन्ने रचन्द्र राज गिरी फरार भएकोले प्रहरीले खोजी गरिरहेको जनाएको छ ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका १० सिर्सिया बाईपास रोडस्थित जगदिश एण्ड व्रदर्श समिल तथा फर्निचर उद्योगबाट अवैध रूपमा लुकाइ छिपाई राखेको अन्दाजी १३ क्युफिटक सतिसालको काठ १ सय २६ पिस नियन्त्रणमा लिएको छ भने सो समिलका संचालक घडिअर्वा बस्ने ३५ वर्षीया हिरामन शर्मालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।