पाथिभरा समूहद्वारा राहत बितरण

नयाँ सन्दर्भ

भद्रपुर । भद्रपुर नगरपालिका वडा नं ५ र ६ का शिवमन्दिर आसपास रहेका मजदुर एवम् बिपन्न परिवारलाई स्थनीय पाथिभरा समूह नामक संस्थाले आज राहत बतरण गरेको छ ।

शिव मन्दिर आसपास रहेका ५ र ६ दुई वडाका ४९ परिवारलाई रहत बितरण गरिएको समूहकी संयोजक लता कार्कीले बताउनु भएको छ ।

उनका अनुसार प्रत्येक परिवारलाई ७ केजी चामल, १ केजी दाल र आधा केजी तेल प्रदान गरिएको छ ।

रहत प्राप्त गर्नेमा वडा ६ का परिवार र वडा ५ का २५ परिवार रहेकाछन् । लकडाउन लम्विएको खण्डमा पुनः राहत प्रदान गर्ने सोच रहेको पनि कार्कीले जानकारी गराउनु भएको छ ।

बितरण गरिएको राहत पाथिभरा समूहका सदस्यहरुबाट चन्दा संकलन गरी एकत्र भएको रकमबाट बितरण गरिएको कार्कीको भनाइ छ ।