क्‍वारेन्टाइनमा रहेका १७ जनालाई घर पठाइयो

भद्रपुर । झापा सदरमुकाम भद्रपुरको चन्द्रगढी स्थित कलवलगुरी क्‍वारेन्टाइनमा रहेका १७ जनालाई घर पठाइएको छ । १४ दिनसम्म क्‍वारेन्टाइनमा रखेपछि गरिएको र्र्यािपड डायग्नोष्टिक टेस्ट(आरडीटी) बाट कोरोना संक्रमण नपाइएपछि होम क्‍वारेन्टाइनमा बस्ने गरी घर पठाइएको हो । बाँकी रहेका ८ जनालाई आजै साँझसम्ममा घर पठाउने तयारी समेत गरिएको छ ।
भद्रपुर नगरपालिकाको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गरेको क्‍वारेन्टाइनमा १४ दिन बिताएपछि गरिएको र्र्यािपड डायग्नोष्टिक टेस्ट(आरडीटी) किट परीक्षणमा सबैको कोरोना रिपोर्ट नेगेटिभ आएकोले उनीहरुलाई घर पठाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए ।

जिल्ला प्रशासन कार्यालय झापाको समन्वयमा वसको व्यवस्था गरी उनीहरुलाई घरमै अरु सात दिन क्‍वारेन्टाइनमा बस्ने गरी घर पठाइएको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।
सरकारले गरेको लकडाउनकै बेला भारतका विभिन्न ठाउँबाट हिँडेर आई पूर्वी कोँकरभिट्टा र पूर्वी दक्षिणी भद्रपुर नाकाबाट नेपाल छिरेका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । क्लबलगुरी क्‍वारेन्टाइनमा सिराहाका ११ जना, उदयपुरका ६ जना, उदयपुरका ६ जना, दैलेखका २ जना, सप्तरीका एकजना र स्थानीय एकजना रहेको क्‍वारेन्टाइन इञ्‍चार्ज क्याप्टेन विजय निरौलाले जानकारी दिए ।

सिराहा, उदयपुर र सप्तरीका १७ जनालाई भद्रपुर नगरपालिकाले बस व्यवस्था गरी पठाएको र सुर्खेत र दैलेखका नागरिकलाई सुर्खेतको चौकुने गाउँपालिकाले पठाएको गाडीमा पठाउने व्यवस्था मिलाइएको नगरप्रमुख श्रेष्ठले जानकारी दिए । क्‍वारेन्टाइनमा रहुञ्जेल कुनै पनि किसिमको असुविधा भाग्नु नपरेको, आफू घरमै भएकोजस्तो अनुभूति भएको उदयपुरको गढी गाउँपालिका वडा नं २ निवासी ४५ वर्षीय मोहनबहादुर मगरले प्रतिक्रिया दिएका छन् ।