कोरोना महामारीसंगै रोवोटको प्रयोगमा तिव्रता

एजेन्सी । विश्वमा कोरोना भाइरसको महामारी फेलिरहेकोबला मानव जगतको अस्तिव्यलाइृ खतरामा पार्न सक्ने गरी मानव यन्त्र अर्थात रोबोटको प्रयोगमा बृद्धि भइरहेको छ ।

विश्लेषकहरु भन्छन् , ‘ राम्रो भनौं या नराम्रो रोबोटले थुप्रै मानिसका रोजगार विस्थापित गर्न गइरहेका छन् । कोरोना भाइरस महामारीले यस प्रक्रियालाई तिव्रता दिइरहेको छ ।

आगामी दशकहरुमा अर्थतन्त्रमा रोवोटहरु कसरी एकिक्रित हुनछन् भन्नेबारे लेख्ने गरेका भविष्य विशेषज्ञ मार्टिन फोर्ड भन्छन् , ‘ मानिसहरु स.धै आफ्ना अन्तरक्रिया मानव अस्तिव्त चाहेको भन्छन् तर कोभिड १९ ले यसलाई परिवतर्न गरिदिएको छ ।

कोभिड १९ ले उपभोक्ताको प्राथमिकतालाइ परिवर्तन गर्न र साँच्चै स्वसंचालनलाई नयाँ अवसरहरु खोल्न गइरहेको छ ।

‘विश्वका ठूला तथा साना कम्पनीहरु सामाजिक दूरी बढाउन र घरमा बसेर कार्यालयको काम गर्न नमिल्ने तथा नसक्ने कर्मचारीहरुको आकार घटाउन कसरी रोवोटको प्रयोग गर्ने भन्नेबारे चिन्तनशिल रहेका छन् ।

संयुक्त राज्य अमेरिकाको खुद‍्रा बिक्रेता वाल्मार्टले आफ्नो भुँइ पुछ्न र बढार्न अहिले रोवोटहरु प्रयोग गरिरहेका छन् । दक्षिण केरियामा पनि मानिसहरुको ज्वरो नाप्न र हयान्ड स्यानिटाइजर बाँड्न रोवोटहरुको प्योग भइरहेको छ ।

विश्वका केहि स्वास्थ विशेषज्ञहरुले आगामी सन् २०२१ भरि नै सााजिक दूरीको केहि उपायहरु अपनाउन सक्नु पर्ने चेतावनी दिइरहेकाले पनि रोवोट कामदारहरुको ठूलो माग हुने देखिएको छ ।

संक्रमण रोक्न बैजनी रंगको प्रकास फाल्ने युभिडि रोवोट उत्पादन गर्ने डेनिस कम्पनीले सयौं संख्यामा यस्ता रोवोट चीन र युरोपका अस्पतालहरुमा पठाइसकेको छ ।

अहिले खाद्यान्न पसल तथा रेस्टुरेन्टहरुले पनि यस्ता मानव यन्त्रको व्यापक प्रयोग गर्न थालेका छन् । विशेषज्ञह भन्छन् , ‘ व्यापार व्यवशायहरु पुन सुचार हुन थालेपछि यस रोवोट प्रविधिलाई बिद्यालय र कार्यालयका विभिन्न कामहरुमा प्योग गरिएको अवस्थामा देख्न सक्नेछौं ।

‘ दि कस्टोमर अफ दि फ्युचर ’ नामक पुस्तकका लेखक ब्ल्याक मोर्गान बताउँछिन् , ‘ ग्राहकहरु अब आफ्ना सुरक्षाबारे थप सोच्ने र सतर्क हुने भइसकेका छन् ।

त्यसैगरी कामदारहरु पनि आफ्ना स्वास्थ र सुरक्षालाई पहिलो प्राथमिकता दिन्छन् । स्वसंचालनता तर्फको कदमले तिनीहरुका स्वास्थ सुरक्षामा बल पु¥याउँछन् ।

उपभोक्ताहरुले पनि यस प्रविधि अपनाउने कम्पनीहरुलाई बढि प्राथमिकता दिनेछन् । तर अझैपनि रोवोटहरुको माध्यमबाट नगद कारोवार गर्दा त्रुटी र जोखिम हुनसक्ने भयले केहि ग्राहकहरु मानव सेवामै विश्वास गर्नेहरु पनि हुन्छन् । ’

स्वास्थ सुरक्षाको दृष्टिकोणले पनि खाद्यान्न सेवा क्षेत्रमा रोवोटको बढि प्रयोग हुने संभावना रहेको छ । विश्व प्रख्यात फास्ट फुड चेन जस्तै म्याकडोनाल्डसले खाना पकाउन र सर्भ गराउन रोवोटको प्रयोग गरिसकेको छ ।

एमेजन तथा वाल्मार्टका भण्डार गृहहरुमा कार्य क्षमतामा सुधार ल्याउन रोवोटहरुको परिचाल भइसकेको छ । कोभिड १९ को महामारी शुरु भएपछि यि दुवै कम्पनीले सामान छान्ने , यताउता लाने र प्याकिंग गर्ने जस्त काममा पनि रोवोटको प्रयोगमा वृद्ध गर्नेबारे सोच्दैछन् ।