Hightlight topभिडियोस्थानीय

चन्द्रगढी विमान स्थल उत्तरबाटै स्तरीकृत हुन्छ : मन्त्री भट्टराई (भिडियो सहित)

भद्रपुर । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले चन्द्रगढी विमान स्थलको स्तरबृद्धि गत वर्ष तयार पारिएको डिपिआर अनुसार हुने बताएका छन् ।

चन्द्रगढी विमान स्थल बचाउ संघर्ष समितिले विमान स्थल अविलम्ब निर्माण थालनी हुनु पर्ने माग राख्दै तयार पारेको ज्ञापन पत्र बुझ्दै मन्त्री भट्टराईले विज्ञ समूहले निर्माण गरेको पछिल्लो डिपिआर अनुसार उत्तरपट्टि मूल गेट सहित टर्मिनल भवन तथा आवागमन कक्ष निर्माण हुने प्रष्ट पारेका हुन् । काठमाण्डौं फर्कने क्रममा विमान स्थलमा आइ पुगेका मन्त्री भट्टराईले उत्तरपट्टि संरचना निर्माण गर्दा स्तर बृद्धिका लागि कम रकम खर्च हुने तथा पूर्वपट्टि क्षेत्र बिस्तारको संभावना नरहेकोले पश्चिम तर्फ र उत्तरपट्टिको विकल्प नरहेको संकेत गदैर्. दक्षिणका बासिन्दाको असन्तुष्टि प्राविधिक कारणले संम्बोधन गर्न नसकिने उल्लेख गरे । मन्त्री भट्टराईले नगरपालिकाका जिम्मेवार जनप्रतिनिधिको समेत साथ रहेकोले समयानुकुल प्रविधि मैत्री विमान स्थल स्तरीकरणको काम हुने भनाइ राखेका छन् ।

विमान स्थल परिसरमा विमान स्थल बचाउ संघर्ष समितिका संयोजक हिराप्रसाद पोखरेलको, सह संयोजक गोमा भट्टराई, सचिव महेन्द्र खतिवडालगायत समितिको टोलीले ज्ञापन पत्र बुझाएको थियो ।

भिडियो ‍‍‍‍…….